जितपुरसिमरा उपमहानगरपालिकाका २१ जनामा,कोल्हवीका १ जना र कलैयाका अर्का १ जना गरी २३जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये वडा नम्बर १ का ६ जना,वडा नम्बर ७ का १०जना, शसस्त्र प्रहरी बल पथलैयाका ४ जनामा संक्रमण पुष्टि भएको जितपुर सिमरा उपमहानगरपालिका स्वास्थ्य शाखाका कोरोना नियन्त्रण फोकल पर्शन जितन ठाकुरले जानकारी दिनुभयो । भाद्र ७गते सिमरा क्वारेन्टाइनमा १२६ कन्ट्रयाक्ट टेर्सिगका र ४० जना पुरानो पोजेटिभ केस गरि जम्मा १६६जनाको नमुना संकलन गरी जनस्वास्थ्य प्रयोगशाला पठाइएका मध्ये २२ जनामा संक्रमण पुष्टि भएको र १ जना पुरानै संक्रमितको पुन पोजेटिभ आएको फोकल पर्सन ठाकुरले बताउनुभयो । त्यसै मध्ये आज २३ जनाको पोजेटिभ आएको हो । मंगलबार ५० जनाको नेगेटिभ रिपोर्ट आएको थियो भने केही रिपोर्ट आउन बाँकी रहेको ठाकुरले बताउनुभयो ।