प्रधानमन्त्रीकी निजी चिकित्सक तथा आइओएमकी डिन डा.शाहलाई कोरोना संक्रमण

२०७७ आश्विन १०, शनिबार प्रकाशित

काठमाडौं १०आश्विन :
प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराउनु भएको थियो ।
‘केही दिनदेखि कोरोनासँग मिल्ने लक्षण देखिएको थियो’, ‘पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बसिरहेकी छु उहाँले भन्नु भयो ।
शाहले यसबीचमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नगरेको बताउनुभयो।
शाहले जुम्लामा अनसनका क्रममा बिरामी परेपछि ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल लगिएका डाक्टर गोविन्द केसीलाई भने तीन दिनअघि सामाजिक दुरी कायम गरेर भेटेको जानकारी दिनुभयो ।

Write your Comment