बितेको २४ घण्टामा १५१३ जनामा कोरोना संक्रमण पुष्टि,१० जनाको मृत्यु

१३ आश्विन २०७७, मंगलवार १६:४० प्रकाशित

काठमाडौं १३ आश्विन :

बितेको २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् । त्यसैगरी बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जना पुरुष र ३ जना महिला गरी १० जनाको मृत्यु भएको छ ।

१३ आश्विन २०७७, मंगलवार १६:४०  मा प्रकाशित

Write your Comment