बितेको २४ घण्टामा २०५९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ लाख नाघ्यो

२०७७ आश्विन २३, शुक्रबार प्रकाशित

काठमाडौं २३ आश्विन :

बितेको २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ ।

Write your Comment