बितेको २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि/ निको हुनेको संख्या एक लाख नाघ्यो

२०७७ कार्तिक ६, बिहिबार प्रकाशित

नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताउनुभएको छ । संक्रमणबाट निको हुनेको संख्या भने एक लाख नाघेको छ।
बितेको २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो।
यी सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

Write your Comment