पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट१लाख ५३ हजार नगद सहित पक्राउ

२०७७ कार्तिक १६, आईतबार प्रकाशित

काठमाडौं १६कार्तिक :
पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको हो ।
२०५१ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री भएका थिए ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङ लगायत छन्
एसएसपी ज्ञवालीका अनुसार जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको छ ।

विवादित छविका खोभारी राय अहिले राजनीतिमा निष्कृय छन् ।

Write your Comment