बितेको २४ घण्टामा१०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२६ मंसिर २०७७, शुक्रबार १७:३२ प्रकाशित

काठमाडौं २६ मंसिर : 

बितेको २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

बितेको२४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

२६ मंसिर २०७७, शुक्रबार १७:३२  मा प्रकाशित

Write your Comment