अध्यादेश फिर्ता नहुदै प्रधानमन्त्री ओलीद्वारा संबैधानिक परीषदको बैठक आहवान

२ पुष २०७७, बिहीबार १५:१२ प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार साँझको लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

संवैधानिक निकायमा नियुक्तिभन्दा पनि परामर्शका लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो ।

मंगलबार बिहानका लागि बोलाइएको परिषद् बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि अध्यादेश जारी गरेर सोही दिन साँझ बैठक राखिएको थियो ।

प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना मात्र उपस्थित बैठकले कुनै निर्णय गरेको थिएन । पार्टीमा चर्को विवाद भएपछि बुधवार प्रधानमन्त्री ओलीले बुधवार स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता गर्ने बताएका थिए ।

बिहिबार भने प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा समेतलाई बैठकमा बोलाइएको बालुवाटार स्रोतले बतायो । परिषद्को बैठक साँझ साढे ५ बजेका लागि बोलाइएको छ । बेलुका ६ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ

२ पुष २०७७, बिहीबार १५:१२  मा प्रकाशित

Write your Comment