संसद बिघटनको बिरुद्धमा बाराको सिमरा लगायत बिभिन्न स्थानमा प्रदर्शन

५ पुष २०७७, आईतवार १८:५१ प्रकाशित

बारा ५ पौष :
नेकपा जनवर्गीय संगठनको संयुक्त आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको विरुद्धमा आज सिमरामा प्रर्दशन गरेका छन् । प्रदर्शनमा युवासंघ, मजदुर सङ्गठन, अखिल नेपाल महिला संघ र नेपाली कांग्रेसको भातृ सङ्गठनका कार्यकर्ता समेत सहभागी भएका थिए । प्रदर्शनपछि सिमरा चोकमा आयोजित कोणसभामा नेकपा केन्द्रीय सदस्य दिनेश राई, नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, युवा सङ्घका जिल्ला उपाध्यक्ष अर्जुन शर्मा, नेपाली कांग्रेसका छबिलाल शर्मा र हरि थपलियाले प्रधानमन्त्रीले गरेको संसद विघटनको चर्को विरोध गर्नुभएको थियो । कार्यक्रम को संचालन मिन प्रसाद आपागाइले गर्नुभएको थियो । सो अवसरमा सहभागीले असंवैधानिक संसद् विघटनको निर्णय खारेज गर् । जनताको सार्वभौम सत्ता कायम गर, जनताको एकता जिन्दावाद जस्ता नारा लगाएका थिए ।

त्यसैगरी प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्धमा बाराको सदरमुकाम कलैया,निजगढ र अमलेखगंज समेत प्रदर्शन गरिएको छ ।

५ पुष २०७७, आईतवार १८:५१  मा प्रकाशित

Write your Comment