इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा १० जनाको मृत्यु

२ माघ २०७७, शुक्रबार १४:५६ प्रकाशित

काठमाडौैं २ माघ :
इन्डोनेसियाको सुलावेसी टापुमा शत्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । इन्डोनेसियाको मेट्रोलोजिकल एजेन्सीले दिएको जानकारीअनुसार शुक्रबार ६.२ रेक्टर स्केलको भूकम्प भएको हो । साथै भूकम्पपछि समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ ।

शुक्रबार भूकम्प आएसँगै मानिसहरु घरबाट बाहिर खुला स्थानमा निस्किएका थिए । इन्डोनेसियाको संकट नियन्त्रण एजेन्सीका अनुसार अहिलेसम्म माजेनेमा ६३७ जना मानिसहरु घाइते भएका छन् भने मामुजुमा दुई दर्जनभन्दा धेरै घाइते भएका छन् ।
शुक्रबार भूकम्प गएपछि अहिलेसम्म उक्त क्षेत्रमा २६ भन्दा धेरै पराकम्प आइसकेका छन् । भूकम्पको कारण इन्डोनेसियाको विभिन्न स्थानमा पहिरो गएका छन् भने केही स्थानको पुलहरु पनि भत्किएका छन् । अहिलेसम्म ६० भन्दा धेरै घरहरु भत्किएको समाचार आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ । दुई होटल र एक प्रान्तीय गभर्नरको कार्यालय पनि भत्किएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युत् पनि अवरुद्ध भएको छ ।

२ माघ २०७७, शुक्रबार १४:५६  मा प्रकाशित

Write your Comment