सोनाम ल्होछारको अवसरमा सिमरामा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

३० माघ २०७७, शुक्रबार २२:०० प्रकाशित

बारा ३० माघ :
२८५७ औ सोनाम ल्होछारको अवसरमा हुलास क्लब सिमराको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम सिमरामा सम्पन्न भएको छ । प्रदेश सभाका सदस्य सुन्दर बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, नेकपाका केन्द्रिय सदस्य दिनेश कुमार राई, नेकपाका नेता तथा जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर श्रेष्ठ,वडा सदस्य रामचन्द्र अधिकारीलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कल्वका अध्यक्ष सोमलाल बम्जनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण गायक बिकास पाण्डे गर्नुभएको थियो भने स्वागत हेमराज न्यौपानेले गर्नू भएको थियो । कार्यक्रममा रबिन्द्र खकुरेल, मनहरी अधिकारी,बिष्णु घिमिरे लगायतको सहभागिता रहेको थियो । सो अवसरमा सुनिल पण्डित,कमल के क्षेत्रीलगायतको प्रस्तुति रहेको थियो ।

३० माघ २०७७, शुक्रबार २२:००  मा प्रकाशित

Write your Comment