बारा २२ फागुन :
मनकामना बचत तथा ऋण सहकारी संस्था अमलेखगंजको दोस्रो साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको प्रदेशसभाका सदस्य सुन्दर बहादुर विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारीले नागरिकको जीवनस्तर उकास्ने भएको हुँदा सबै मिलेर अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो । उहांले सबै मिलेर अगाडि बढे सहकारीको माध्यमबाट धेरै राम्रा काम गर्न सकिने समेत स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिता गुरुङले सामुहिकताले मात्रै सहकारीलाई अगाडि बढाउन सकीने कुरामा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेकपाका नेता तथा जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले सरकारको तिन खम्वे आर्थीक निती अन्तर्गत रहेको सहकारीको माध्यमबाट सदस्यहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने उल्लेख गर्दे टोल ,गाउँ,नगर, जिल्ला सम्पन्न भए देश सम्पन्न हुने स्पष्ट पार्नुभयो । संस्थाका अध्यक्ष सुवास श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष कृष्ण शाही ठकुरी,समाजसेवी गोपाल घलान,नेकपाका स्थानीय नेता बिकास साह,संस्थाका सल्लाहकार सिता केसी,तिल बहादुर कार्कीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सुवास श्रेष्ठ र स्वागत सरस्वती तामाङले गर्नुभएको थियो । संस्थाले ६ महिनाको अवधीमा १ करोड ८० लाखको कारोबार गरेको छ ।