प्रधानमन्त्रीले एकसाथ प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक पर्ने गरी १ सय ६५ सडकको शुभारम्भ गर्दै

२१ चैत्र २०७७, शनिबार ०९:३८ प्रकाशित

काठमाडौं २१ चैत्र :
नेपाल सरकारले शनिबार एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्दैछ । सो को शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान ११ बजे बालुवाटारस्थित निवासबाटै गर्ने कार्यक्रम तय भएको छ ।
१ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ११ बजे प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने कार्यक्रम रहेको सडक बिभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिनुभयो ।

२१ चैत्र २०७७, शनिबार ०९:३८  मा प्रकाशित

Write your Comment