बितेको २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि/५ जनाको मृत्यु

९ बैशाख २०७८, बिहीबार १८:४६ प्रकाशित

काठमाडौं ९ बैशाख :
बितेको २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । यस्तै काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।
कोरोना भाइरसबाट ९ वर्षमुनिका ५१ जना बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १८८ गरी २३९ बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

९ बैशाख २०७८, बिहीबार १८:४६  मा प्रकाशित

Write your Comment