जन्ती बोकेको यात्रुबस दुर्घटना :१६ जना घाईते,५को अवस्था गम्भीर

१० जेष्ठ २०७८, सोमबार १३:२६ प्रकाशित

काठमाडौं १० जेष्ठ :
मानमत कलैया सडकखण्ड अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका १६ को डकाहमा जन्ती बोकेको यात्रबाहक बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । सोमबार विहान सवा १० बजेको समयमा भएको दुर्घटनामा परि घाईते भएका मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाइ उपचारका लागि जिल्ला अस्पताल कलैया तथा नेशनल मेडिकल कलेज विरगजं पठाइएको छ । वसका सहचालक ३८ बर्षिय मुस्ताक खानको दाहिने खुट्टा काटिएको छ । १२ बर्षिय रियाजुल लहेरी, गौरिशंकर विश्वकर्मा,जाकिर लहेरी,आवास लहेरी गम्भिर छन् । यी मध्ये केहीको टाउको, हात तथा खुटेटामा गहिरो चोट लागेको छ । अन्य घाईतेको अवस्था सामान्य रहेको बारा प्रहरीले जनाएको छ ।
ना ४ ख ४७४९ नंबरको बसमा रौतहटको गुजरा नगरपालिका ६ खतबैयाटोलबाट मुस्लीम बेहुलाको विवाहको जन्ती लिएर बाराको जीतपुरसिमरा उपमहानगरपालिका १९ को बहडिलवा जाँदै थियौं । बस तिव्रगतीमा थियो । अगाडीको डकाह मोडलाई देखाउँदै बसमा सवार शेख नासिरले भने यहाँ आएपछि अचानक गाडी अनियन्त्रीत भई चारबल्ड्याङ्ग खायो । धेरैजना घाईते भयौं ।
आफुलाई समान्य चोट लागेको तर ठिक रहेको उनले बताए । बसमा केटाकेटी सहित करिब ३० जनाजती सवार थियौं । यो बाटो होईन भन्दा भन्दै डाईभरले जबरजस्ती गरेर एता ल्याए । दुर्घटनामा परियो उनले भने । दुलाह भने सानो गाडीमा अगाडी गईसकेका थिए । दुलाहका आफन्त नातेदार हामी बसमा थियौं ।
घाईते यात्रुहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं स्थानियको सहयोगमा उद्दार गरिएको हो । सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी टिमले घाईतेको प्राथमिक उपचार समेत गरेको थियो ।

१० जेष्ठ २०७८, सोमबार १३:२६  मा प्रकाशित

Write your Comment