बजेटमा मनपरी गरेको भन्दै विपक्षीद्वारा प्रदेश२को प्रदेश सभा बैठक अवरुद्ध

२५ जेष्ठ २०७८, मंगलवार १५:५६ प्रकाशित

विपक्षी दलका सांसदहरुले प्रदेश नंवर २ सरकारले स्थानीय तहलाई पठाएको शसर्त बजेटमा मनपरी गरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । स्थानीय तहलाई आर्थिक मसान्तको अन्तिम समयमा पठाएको शसर्त अनुदान सच्याउन माग गर्दै विपक्षी दलका सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रदेशसभा बैठक सुरु हुन साथ विशेष समय लिएर बोल्दै प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गरेका छन् ।
प्रदेशसभा बैठक सुरु हुनसाथ नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले प्रदेशसभा र प्रदेश सांसदलाई अपमान गरी स्थानीय तहमा शसर्त अनुदानको बजेट बठाएको भन्दै आपत्ति जनाए । आर्थिक वर्षको अन्तिम समयमा शसर्त अनुदान पठाएर प्रदेश सरकारले बहादुरी देखाएको टिप्पणी गर्दै विश्वकर्माले बजेट नसचिए प्रदेशसभा बैठक चल्न नदिने चेतावनी दिए । प्रदेश सांसद र स्थानीय तहका प्रमुखलाई थाहै नदिइ योजना कसरी छनोट भयो’, विश्वकर्माले भने, ‘सांसदको एउटा पनि योजना परेको छैन । सरकारले सांसदलाई मुर्ख बनाएर अपमान गरेका छन् । कसकाे सिफारिसमा सरकारले योजना तोकेर बठायो । प्रदेश सरकारसँग इमान्दारीता छैन । सरकारले प्रदेशसभामा प्रतिवद्धता जनाएता पनी मनलाग्दी गरी अपमान गरेको छ ।’ बजेट संशोधन नभए सम्म प्रदेशसभा अवरुद्ध गर्ने उनले बताए ।
त्यसैगरी नेपाली कांग्रेसका सांसद विरेन्द्र सिंहले प्रदेश २ का मुख्यमन्त्रीले प्रदेशसभामा बोलेको कुनै पनि प्रतिबद्धाता पूरा नभएको आरोप लगाए । स्थानीय तहको शसर्त अनुदानको योजना प्रदेश सांसदको सिफरिसमा छनौट गर्ने सहमती विपरित स्थानिय तहलाई योजना पठाएकोमा सांसद सिंहले आपत्ति जनाए । सांसद र स्थानीय तहले छनोट नै नगरी सरकारले योजना लादेको छ’, सांसद सिंहले भने,‘स्थानीय तहका प्रमुख र प्रदेश सांसदलाई थाहा छैन । योजना कसले छान्यो ? मुख्यमन्त्रीले जवाफ दिनु पर्छ ।’ प्रदेश सांसदले दिएको योजना स्थानीय तहमा नगए सम्म प्रदेशसभा सञ्चालन हुन नदिने उनले चेतवनी दिए ।
प्रदेश बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद रामकुमार यादवले मुख्यमन्त्री लालबाबु राउत पटकपटक बचपना प्रवृत्ति देखाएको आरोप लगाए । प्रदेश सांसदले दिएको योजनालाई रद्दिको टोकरीमा फालेर सरकारले पार्टीका नेता पाल्ने योजना स्थानिय तहमा पठाएको आरोप लगाए ।
सभामुख सरोज कुमार यादवले आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई जवाफ दिन भनेपछि नेकपा एमाले संसदीय दलका नेता सत्रुधन महत्तोले आपत्ति मन्त्रीको जवाफ ले नहुने भन्दै मुख्यमन्त्रीले जवाफ दिनु पर्ने अडान लिएका थिए । नेता महतोले बजेट मुख्यमन्त्रीको निदेशनमा बितरण गरीएकोले बिभागिय मन्त्री लाई जानकारी नभएको दावी गरे ।
प्रदेशसभा बैठकमा आज ‘विनियोजन विधेयक, २०७८ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति सम्बन्धमा (कर प्रस्ताव वाहेक) छलफल’ गरी छलफलमा उठेको प्रश्नको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जवाफ पदने गर्ने कार्यसूची रहेको छ ।

२५ जेष्ठ २०७८, मंगलवार १५:५६  मा प्रकाशित

Write your Comment