बारा ५ आषाढ :
नेकपा एमाले निकट युवासंघ बारा र पर्साले सिन्धुपाल्चोक जिल्लाका बाढीपीडितहरूका लागि राहत सामग्री लिएर युवा संघ नेपालको बारा पर्साकाे टोली त्यस प्रस्थान गरेको छ । टाेलीमा युवा संघ बाराका अध्यक्ष राम यादव, उपाध्यक्ष आर .के. भट्टराई, केन्द्रीय सदस्य गणेश रिजाल, केन्द्रीय सदस्य अनिल भण्डारी, कलैया नगर अध्यक्ष हरि ओम साह लगायतका युवाहरु रहनुभएको छ । साे टाेलीलाई आज सांझ नेकपा एमालेका केन्द्रीय सदस्य दिनेश राई, एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल, जिल्ला कमिटी सदस्य अमृतलाल श्रेष्ठले सिमराबाट बिदाइ गर्नुभएको छ । त्यस अघि कलैयाबाट नेकपा एमाले जिल्ला कार्यालय सचिव विक्रम ठाकुर ,जिल्ला कमिटी सदस्य ध्रुव यादव ,कौशल किशोर सिंह अरुण खनाल लगायतले बिदाइ गर्नुभएको थियो भने, पर्साबाट युवा संघ नेपाल केन्द्रीय सचिव अरुण यादव, केन्द्रीय सदस्य अनिल पटेल,पर्सा अध्यक्ष भुपेन्द्र साह र जीतपुरबाट युवा नेता सुनिल गुप्ताले रात सामग्री सहित विदाई गर्नुभएको थियो । राहत सामग्रीमा १३० बोरा चामल, १० बोरा चिउरा, १० कार्टुन चाउचाउ, १५ कार्टुन तेल र ४३ हजार नगद सहित राहात सामग्री रहेको युवासंघ नेपालकी केन्द्रीय सदस्य चण्डीका उप्रेतीले जानकारी दिनुभयो । राहत सामग्री युवासंघ केन्द्रीय कार्यालयको समन्वयमा हेलम्बुका बाढी पीडितहरूका लागि वितरण गरिने केन्द्रीय सचिव अरुण यादवले बताउनुभयो ।