काठमाडौं १४ आषाढ :
बितेको २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख ८८ हजार १८७ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९२.६ प्रतिशत रहेको छ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० जना पुगेको छ । होम आइसोलेसनमा ३५ हजार ७५ जना, संस्थागत आइसोलेसनमा २८७५, आईसीयूमा ६५७ तथा भेन्टिलेटरमा १९३ जना रहेका छन् ।कोभिड–१९ को संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।