सिमरा १५ आषाढ :
जितपुर सिमरा उपमहानगरपालिकाको काम काम कारवाही पारदर्शी नभएको भन्दै यहां रहेका पाँच राजनीतिक दलले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरेर तत्काल नगरसभा बोलाउन माग गरेका छन् । उनीहरुले नगरभित्रको आन्तरिक श्रोतको व्यवस्थापन हुन नसक्नु, प्रदेश र आन्तरिक वजेटबाट सञ्चालित सीपमूलक तालिममा व्यापक अनियमितता भएका खबर छापिनु र समयमा नगरसभा नभएकोले अविलब्ब नगरसभ गर्न र नगरभित्र रहेका बेथिति अन्त्य गर्न माग गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् । यसरी विज्ञप्ति जारी गर्नेहरूमा नेपाली काँग्रेसका नगर सभापति श्यामबाबु गुप्ता, नेकपा एमालेका नगर अध्यक्ष कृष्ण खनाल, नेकपा माओवादीका नगर अध्यक्ष रामशरण बर्तौला, जनता समाजपार्टीका प्रतिनिधि सोहन शर्मा, राष्टिय जनमोर्चाका प्रतिनिधि कर्ण थापा रहनुभएको छ ।
आज जारी गरीएको बिज्ञप्ति