लुम्बिनी विकास बैंकको ३ लाख ५० हजार कित्ता सेयर बिक्री खुल्ला

२२ असार २०७८, मंगलवार १५:०० प्रकाशित

काठमडौं २२ आषाढ :
लुम्बिनी विकास बैंकले ३ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । मंगलबार ३५ दिने सार्वजनिक सूचना निकाल्दै बैंकले उक्त सेयर बिक्री गर्न लागेको जनाएको छ ।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र सो सम्बन्धी जानकारी खुलाई लिखित निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
तोकिएको समयावधि भित्र विद्यामान संस्थापकहरुबाट सेयर खरीद गर्ने सम्वन्धमा कुनै पनि लिखित जानकारी नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम अन्य प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

२२ असार २०७८, मंगलवार १५:००  मा प्रकाशित

Write your Comment