एनआरएन ए मलेसियाको अध्यक्षमा बिनोद थापा र बरिष्ठ उपाध्यक्षमा इन्द्र लिम्बु सर्वसहमतिले निर्वाचित

१५ श्रावण २०७८, शुक्रबार २१:४७ प्रकाशित

गैर आवासिय नेपाली संघ NRNA मलेसियाको आजको ३० जुलाइमा सम्पन्न सातौं अधिवेशनले विनोद बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतिले निर्वाचित गरेको छ । जसको वरिष्ट उपाध्यक्षमा इन्द्र नारायण लिम्बू, उपाध्यक्षमा हेमराज सापकोटा, राकेश प्रसाद महतो,दिल कुमार केरुङ, महा-सचिवमा रञ्जित कुमार क्षेत्री, सचिबमा नारायण अधिकारी, रोशन सुब्बा, कोषाध्यक्षमा कृष्ण प्रसाद नेपाल, सह-कोषाध्यक्ष बल ध्वज लिम्बू र युवा संयोजकमा अरुण गिरी,महिला संयोजकमा मिना पूरी गिरी, सदस्यहरुमा वीरेन्द्र कार्की, विष्णु प्रसाद बराल, सन्तोष कार्की,श्याम बहादुर श्रेष्ठ,टेक बहादुर अधिकारी, पासाङ्ग लामा गरी १८जना सदस्य सर्व सहमतीबाट निर्वाचित गरेको छ ।

१५ श्रावण २०७८, शुक्रबार २१:४७  मा प्रकाशित

Write your Comment