युनियन लाइफको आईपीओ, नेप्सेमा सूचिकृत कहिले ?

१६ श्रावण २०७८, शनिबार १८:१६ प्रकाशित

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि युएलआई सिम्बोल पाएको छ । हाल कम्पनीको उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । आगामी साता सूचीकरण सम्पन्न गरी कारोबार सूरू गर्ने तयारी गरिएको छ ।

नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन् । कम्पनीले असार २४ गतेबाट असार २८ गते सम्म साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । उक्त साधारण सेयर (आईपीओ) को बाँडफाँड असार ३१ गते भइसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो ।

५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ता सेयर हात पारेका थिए । बाँकी १५ लाख ३२ हजार २ सय ९९ आवेदकको भने हात खाली भएको थियो ।

१६ श्रावण २०७८, शनिबार १८:१६  मा प्रकाशित

Write your Comment