एमसीसीविरुद्ध राजधानीमा नेकपा विप्लवको शक्ति प्रदर्शन

२८ भाद्र २०७८, सोमबार १५:१२ प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा एमसीसीविरुद्ध जनप्रदर्शन गरेको छ ।
काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै जुलुस निस्किएको थियो । जुलुशलाई पार्टीका नेताहरूले नेतृत्व गरेका थिए । प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गर, राष्ट्रिय सार्वभौमिकताको रक्षा गर जस्ता नारा लगाएका थिए ।
सुन्धारा पुगेर जुलुस केन्द्रित भएको छ ।सबतिरबाट एककृत भएको जुलुसको नेतृत्व महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गरेका थिए ।

२८ भाद्र २०७८, सोमबार १५:१२  मा प्रकाशित

Write your Comment