बर्दियामा बँदेल मार्न थापिएको विद्युतीय पासोमा परि ३ जनाको मृत्यु

२०७८ आश्विन २, शनिबार प्रकाशित

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बँदेल मार्न थापिएको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। घटना गएराति १० बजेतिरको हो।
ठाकुरबाबा नगरपालिका ३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको विद्युतीय पासोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
पहिला एक जनालाई करेन्ट लागेपछि बचाउन जादा अरु दुई जनालाई पनि करेन्ट लागेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिनुभयो। बँदेल मार्न पासो थाप्ने स्थानीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

शाहीले धान खेतमा आउँने बँदेल मार्न पासो थापेको अनुसन्धानका क्रममा खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Write your Comment