सिमरामा २५ सैयाको नगर अस्पताल बनाउ -एमाले नेता पौडेल,नगरप्रमुख डा.पौडेल भन्नुहुन्छ अस्पताल बनाउने प्रक्रिया सुरु भइसक्यो

९ आश्विन २०७८, शनिबार २१:४८ प्रकाशित

बारा ९ आश्विन :
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले खेल क्षेत्रको विकासका निम्ति उपमहानगर प्रतिवद्ध रहेको बताउनुभएको छ । बिभिन्न समयमा आयोजना हुने यस्तो प्रतियोगिताले खेल क्षेत्रको विकासमा ठुलो भुमिका खेल्ने भन्दै उहाले उपमहानगरले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कोशेली युथ क्लबको आयोजनामा सिमरामा आयोजित तेस्रो भेट्रान फुटबल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै डा मेयर पौडेलले यस्तो बताउनुभएको हो ।
‘यस्ता प्रतियोगिताले धेरै कुरामा परिवर्तन ल्याउछ, यसको प्रवद्र्धन र विकास गर्न आवश्यक छ’ उहाले भन्नुभयो । उहाले सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाइ नगर अस्पताल बनाउने प्रक्रिया सुरुभइसकेको स्पष्ट पार्नुभएको छ ।
यसअघि सम्बोधन गर्दै नेकपा एमालेका नेता मनोज पौडेलले सानो सानो रोगको लागि पनि विरामीहरुलाई अन्यत्र उपचार गर्न जानुपर्ने भएकोले सिमराको प्राथमिकता स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तर उन्नतिका गर्न नगर प्रमुख डा पौडेल सग आग्रह गर्नु भयो ।
उहाले खेल क्षेत्रमको विकास गर्न उपमहानगरपालिकाले बिशेष योजना ल्याउन आग्रह गर्नु भयो । बारा जिल्ला स्वास्थ्य र शिक्षामा पछाडि परेको उल्लेख गर्दै एमाले नेता पौडेलले जितपुरसिमरा स्वास्थ्यको हिसाबले अत्यन्त नाजुक रहेको दृष्टान्त प्रस्तुत गर्दै सिमरा प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ सैयाको नगर अस्पताल बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै जनहित उपभोक्त समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्न खेल क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुवर, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य दिनेश राई,राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सत्य श्रेष्ठ, आर.एन ईन्टरप्राईजेज सिमराका सञ्चालक राजकुमार श्रेष्ठ,यु आर गोल्ड प्रिमियम मसला चियाका सञ्चालक उमेश चौलागाई, खेलप्रेमी उदय श्रेष्ठ, सिमरा भेट्रान सिमराका अध्यक्ष आरिफ हुसेन, उपाध्यक्ष समिर आले, युबा संघका उपाध्यक्ष आर के भट्टराई,नव दुर्गा युवा क्लबका अध्यक्ष हरि चौधरी, काग्रेसका युवा नेता आशिष श्रेष्ठ,भरत भुर्तेल,कृष्ण थाप लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगित संयोजक सोमलाल बोम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका सल्लाहकार रबिन्द्र खकुरेलले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रमकाबिच प्रतियोगिता सफल्तापुर्वक सम्पन्न गर्न सहयोग गर्ने बिभिन्न संघ संस्था र व्यक्ति बिशेषलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो । समापन कार्यक्रममा बोल्दै प्रतियोगिता संयोजक सोमलाल बोम्जनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

९ आश्विन २०७८, शनिबार २१:४८  मा प्रकाशित

Write your Comment