आज ठूलो दुर्घटनाबाट बच्यो बुद्ध एयरको विमान मुस्किलले काठमाडौंमा सुरक्षित अवतरण

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेपछि काठमाडौमै फोर्स ल्याण्डिङ् गराइएकाे छ । जहाज विराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौं फर्काइएको हो ।
त्रिभुवन विमानस्थलमा हाइ एलर्ट गरेर विमानलाई सकुशल अवतरण गरिएको छ । ल्याण्डिङ गियरमा समस्या आएपछि जहाज विराटनगरमा ल्याण्ड हुन नसकेको हो ।

काठमाडौमै विमान अवतरण गराउनुअघि अग्नि नियन्त्रन्त्रक,एम्बुलेन्स लगायतका सबै सुरक्षा उपाय तैनाथ गरिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार केही समय आकाशमै होल्ड भएको विमान सुरक्षित अवतरण भएको हो ।

२०७८ आश्विन ११, सोमबार  मा प्रकाशित

Write your Comment