एमालेमा वरिष्ठसहित उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ७ गरि, जना१५ जना पदाधिकारी बनाइने

१७ आश्विन २०७८, आईतवार १४:३० प्रकाशित

नेकपा एमालेले १५ सदस्य भन्दा नबढ्ने गरी पदाधिकारी निर्वाचित गर्ने भएको छ। जारी विधान महाधिवेशनका क्रममा समूहबाट आएका सुझावहरुको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले यसबारे जानकारी दिएका हुन्।

पौडेलका अनुसार १५ सदस्यमा नबढ्ने गरी पदाधिकारी संख्या तय गरिएको बताएका छन्। उनका अनुसार अब एमालेमा एक अध्यक्ष, एक महासचिव, वरिष्ठसहित पाँच उपाध्यक्ष, उपमहासचिव एक र सचिव सातजनासहित १५ सदस्यीय पदाधिकारी कायम गरिने भएको छ ।
उनले जवाफ दिने क्रममा वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष एकदेखि नौजनासम्म सुझाव आएको बताए। उनले उपमहासचिवमा पनि दुईदेखि तीनजनासम्म राख्न सुझाव आएको बताएका छन्।

त्यस्तै सचिवमा सातजना राख्नुपर्ने गरी सबै समूहबाट आएको सुझावलाई मनन गर्दै त्यही संख्यालाई कायम गरिएको पौडेलले बताएका छन्।
सबै सुझाव मान्ने हो भने ‘हामीले १३ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थियौँ। तर समूहको सुझाव अनुसार यसलाई १५ सदस्यीय बनाउने छौँ।’

१७ आश्विन २०७८, आईतवार १४:३०  मा प्रकाशित

Write your Comment