कांग्रेस जिल्ला अधिवेशन : देउबा पक्ष भन्दा पौडेल पक्ष अगाडि (सूचीसहित)

२०७८ आश्विन १९, मंगलबार प्रकाशित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि चयन भैरहेका बेला जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले अगाडी देखिएको छ ।
हालसम्म १० जिल्लाको अधिवेशन सम्पन्न भएका मध्ये ६ जिल्लामा पौडेल पक्षका सभापति निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षले ४ जिल्लामा नेतृत्व हात पारेको जनाइएको छ ।
देउवा पक्षका निर्वाचित जिल्ला सभापतिहरू
१.पूर्णबहादुर तामाङ (कान्छाराम),रामेछाप
२.शंकर गुरुङ, मनाङ
३. मोहनविक्रम सिंह, हुम्ला
४. गजेन्द्र तुम्याहाङ, ताप्लेजुङ

पौडेल पक्षका निर्वाचित जिल्ला सभापतिहरू

१. बर्मा लामा, दोलखा
२. अम्मबहादुर शाही, कालीकोट
३. केशरमान रोका, रुकुमपूर्व
४. दीपक खड्का, संखुवासभा
५. नन्दप्रसाद न्यौपाने, गोरखा
६. रोमी गौचन थकाली, मुस्ताङ

Write your Comment