सेयरबजारमा ४१ अंकको ‘करेक्सन’

२०७८ आश्विन १९, मंगलबार प्रकाशित

काठमाडौ १९ आश्विन : सेयरबजारमा आज ४१.८४ अंकको ‘करेक्सन’ भएको छ।

मंगलबार नेप्से उक्त अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको हो। क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ७.०४ अंकले बढेको छ।
आजको कारोबारमा २२३ कम्पनी सामेल भएका छन्। यी कम्पनीको ५८ लाख ४२ हजार कित्ता सेयर बिक्री भएको छ।

दिनभरिमा ४१ हजार पटकको खरिदबिक्रीपछि २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो।
सूचक बढे पनि कारोबार रकम अघिल्ला दिनको तुलनामा भने कमै हो।

कुल १३ उपसूचकमध्ये व्यापारबाहेकका सबै बढेका छन्। आज सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

आज एउटा मात्रै कम्पनीका लगानीकर्ताले १० प्रतिशत नोक्सानी व्यहोरेका छन्। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका हुन्।

आज एउटा कम्पनीको मात्र अधिकतम१३ करोडसम्मको कारोबार भएको छ।

Write your Comment