धनगढीका २५ वर्षीय रमेस चौधरीको हत्या,पत्नीसहित चारजना पक्राउ

३१ आश्विन २०७८, आईतवार १०:५९ प्रकाशित

कैलालीको धनगढी उपमहानगरपालिका-७ मा एक युवकको हत्या भएको छ।

करिब २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अवस्थामा शव फेला प्रहरीले जनाएको छ। हत्या घटना अनुसन्धानका लागि प्रहरीले रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन।
कैलालीका एसपी विश्व अधिकारीका अनुसार शनिबार घरबाट करिब ७ सय मिटर टाढा रहेको खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको थियो। घटना अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेपछि प्रहरीले पत्नी सहितलाइ पक्राउ गरेको हो।

शुक्रबार साँझ चौधरी साथीकहा जान भन्दै घरबाट निस्किएका थिए। रातभर उनी घर नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो। चौधरी र पत्नीबीच राम्रो सम्बन्ध नरहेको स्थानीयले बताएका छन्। उनीहरुका तीन वर्षीय छोरा छन्।
चौधरीको घाँटी थिचेर हत्या गरेको प्ररम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ।

३१ आश्विन २०७८, आईतवार १०:५९  मा प्रकाशित

Write your Comment