विराटनगर विमानस्थल डुबानमा, हवाई उडान स्थगित

२०७८ कार्तिक ३, बुधबार प्रकाशित

निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । बुधबार बिहान विमानस्थलमा बाढी पसेको हो ।

विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए ।
उनका अनुसार बाढीका कारण उडान प्रभावित भएको छ भने क्वाटरमा पनि बाढी पस्ने जोखिम छ ।

बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।

Write your Comment