नेपाली काङ्ग्रेस परित्याग गरि १७० जना एमालेमा प्रवेश,एमाले सचिब ज्ञावाली द्वारा स्वागत

२६ कार्तिक २०७८, शुक्रबार १५:४३ प्रकाशित

जितपुर सिमरा उपमहानगरपालिका १ मा आज पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बारा जिल्लाको पथलैयाको महादेवस्थानमा नेकपा एमालेका सचिब एवम पुर्ब परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यता आयोजित उक्त कार्यक्रमले १७० जनालाई पार्टी प्रवेश गराएको छ । नेकपा ऐमाले केन्द्रिय सदस्य अच्युत मैनाली ,केन्द्रिय सदस्य एवम प्रदेश २ अध्यक्ष पुर्व मन्त्री ज्वाला शाह, केन्द्रिय सल्लाहकार सदस्य एवम पुर्व मन्त्री पुरुषोत्तम पौडेल,जिल्ला अध्यक्ष देबनारायण चौधरी,एमालेका नेता मनोज पौडेलको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन् । सुखी नेपाली समृद्ध नेपालको मुल नारा बोकेको एमालेमा आज नेपाली काङ्ग्रेस, माओबादी केन्द्र लगायतको पार्टीका सदस्यहरुले सम्पुर्ण नेपालीको आशा अनि भरोसा एमाले सङ्ग मात्र रहेको बताउदै आज पार्टी प्रवेश गरेका हुन् ।                 

नेकपा एमालेका सचिब एवम् पुर्ब परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पार्टी प्रवेश कार्यक्रममा बोल्दै विपरीत पार्टीको जालझेलका कारण नेकपा एमाले सरकारबाट बाहिरिन बाध्य भएको बताएका थिए । ज्ञवालीले विपरीत पार्टीले गरेको जालझेल तोड्ने उर्जा आफू र आफ्नो पार्टीमा आएको जनाउदै अब चुनौतीको पर्खाल तोडेर अधुरा सपना पूरा गर्दै नेपालका भुमिहीन जनतालाई समस्याबाट मुक्त गराउने बताउनु भएको थियो ।

जितपुरसिमरा १ का अध्यक्ष इश्वर थपलियाको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य त्रिलोकी चौधरी जितपुरसिमरा नगर प्रमुख डा. कृष्ण पौडेल कोल्वी नगरपालिका प्रमुख भरत भण्डारी ,जितपुर सिमरा उप प्रमुख सरस्वती चौधरी नेताहरु ढुन्डिराज उप्रेती,जयप्रकाश यादब,अमर यादब, चयन मगर गुरुङ ,सीता सुवेदी,अमृतलाल श्रेष्ठ ,त्रिलोक शाह ठकुरी,तारा कार्की,कासिम हुसेन,कोपिला सिम्खडा,भोला अधिकारी,हिरा बस्नेत ,भावना आचार्यलगाएतको उपस्थिति रहेको थियो।

२६ कार्तिक २०७८, शुक्रबार १५:४३  मा प्रकाशित

Write your Comment