२३६ जनामा कोरोना संक्रमण,३०७ जना संक्रमण मुक्त,१जनाको मृत्यु

२५ मंसिर २०७८, शनिबार १६:३१ प्रकाशित

बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका २३६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार ५ हजार ६७२ जनाको पीसीआर गर्दा १९४ र ३ हजार ५०६ जनको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी थप ३०७ जना संक्रमण मुक्त भएका छन् ।

आज देशभरी ५ हजार ८८३ जना सक्रिय संक्रमित रहेका छन् ।

२५ मंसिर २०७८, शनिबार १६:३१  मा प्रकाशित

Write your Comment