कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

१ पुष २०७८, बिहीबार १५:२१ प्रकाशित

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । सानेपामा जारी रहेको मतगणना अहिले अन्तिम परिणाम आएको छ ।

पछिल्लो अपडेट अनुसार ४६८२ मत गणना भइसकेको छ । जसमध्ये थापाले ३०२३ मत, शर्माले १९८४ मत र प्रकशशरण महतले १५५० मत पाएका छन् ।

नेपाली कांग्रेस महामन्त्रीको अन्तिम
मतपरिणामः
४६८२ मतको गणनामा

गगन कुमार थापा ३०२३
विश्व प्रकाश शर्मा १९८४

प्रकाश शरण महत १५५०
प्रदिप पौडेल १४०९
मिनेन्द्र रिजाल ८०९
राजाराम कार्की १०७

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला प्यानलबाट गगन थापा र रक्षा मन्त्री समेत रहेका मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार रहँदा डा राजाराम कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

१ पुष २०७८, बिहीबार १५:२१  मा प्रकाशित

Write your Comment