थप १६७ जनामा कोरोना संक्रमण ,१ जनाको मृत्यु

१० पुष २०७८, शनिबार १८:१९ प्रकाशित

बितेको २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४,९७८ रहेको छ ।

१० पुष २०७८, शनिबार १८:१९  मा प्रकाशित

Write your Comment