जनकल्याण साकोस सिमराको अध्यक्षमा कमला घिमिरे सर्वसम्मत

४ माघ २०७८, मंगलवार १०:२३ प्रकाशित

बारा ४ माघ :
बाराको सिमरामारहेको जनकल्याण वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कमला घिमिरे सर्वसम्मत चयन हुनुभएको छ ।
सामाजिक क्षेत्रमा लामोसमय कार्यरत साकोसकी वरिष्ठ उपाध्यक्ष रहनुभएकी घिमिरे १९ औँ साधारणसभाबाट सर्वसम्मत रुपमा साकोसको अध्यक्षपदमा चयन हुनुभएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण रिमाल, उपाध्यक्ष रामप्रसाद सिलवाल, सचिव दीपकराज शर्मा, कोषाध्यक्षमा निरु बजगाईँ चयन हुनुभएको हो । त्यसैगरी सदसयहरुमा कृष्ण सिग्देल, बेली पाठक, सरिता सुब्बा, ईन्दिरा सुवेदी, इन्दु ढोडारी, रवीन्द्रराज श्रेष्ठ, मंगल पाख्रिन र मुना कार्की सर्वसम्मत चयन हुनुभएको हो ।
त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा होमबहादुर रखाल, सदस्यहरुमा मोहन प्रसाद पोख्रेल र कृष्ण घिमिरे चयन हुनुभएको छ । निर्वाचन समितिका संयोजक रामप्रसाद अधिकारी, समितिका सदस्यहरु रामप्रसाद पोख्रेल र दुर्गा न्यौपाने रहेको निर्वाचन मण्डलले संस्थाका वरिष्ठ सल्लाहकारमा निवर्तमान अध्यक्ष मधुशुदन सिटौला, भरत भुर्तेल, रामनाथ पौडेल र मिरादेवी ढकाल सर्वसम्मत रुपमा चयन भएको बताउनुभएको छ ।

४ माघ २०७८, मंगलवार १०:२३  मा प्रकाशित

Write your Comment