वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति

४ माघ २०७८, मंगलवार १२:५७ प्रकाशित

काठमाडौं ४ माघ :
सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य गर्न अर्को बैठक बस्ने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान रामचन्द्र पौडेलको संयोजकत्वामा र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई जानकारी दिए । यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनले बताए । बिहीबार नै मन्त्रिपरिषदको नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।
निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले ९ पुस, २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए

४ माघ २०७८, मंगलवार १२:५७  मा प्रकाशित

Write your Comment