१० हजार ३१९ जना संक्रमित,४जनाका मृत्यु ,सक्रिय संक्रमण ८२ हजार पुग्यो

१० माघ २०७८, सोमबार १८:३१ प्रकाशित

काठमाडौ १० माघ :
बितेको २४ घण्टामा मुलुकमा १० हजार ३१९ जना कोरोना सन्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ नमुना (१६६५४ पीसीआर र ४५४७ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधीमा ४ जनाको मृत्यु भएको छ भने २५४० जना संक्रमण मुक्त भएका छन् । नेपाल भरमा सक्रिय संक्रमितको संख्या ८२५५० पुगेको छ ।

आजको दैनिक संक्रमण दर ४८.६७ प्रतिशत छ ।

त्यसैगरी काठमाडौंमा ३६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ संक्रमित थपिएका छन् । आज काठमाडौं उपत्यकाका तीन जिल्लामा कूल संक्रमित ४६७६ थपिएका छन् ।

१५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि र १७ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

अहिलेसम्म मुलुकका कोरोनाभाइरस संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । कूल संक्रमित संख्या १० लाख ३३ हजार ६३६ पुगेको छ । कूल मृत्यु हुने संख्या ११ हजार ६५९ पुगेको छ ।

१० माघ २०७८, सोमबार १८:३१  मा प्रकाशित

Write your Comment