८०१७ जनामा कोरोना संक्रमण,एकैदिन १५ जनाको मृत्यु

१३ माघ २०७८, बिहीबार १७:०५ प्रकाशित

बितेको २४ घण्टामा मुलुकमा ८०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ८०८ नमुना (१५ हजार ७३६ पीसीआर र ६०७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
निको हुनेको संख्या ५२९२ छ भने १५ जनाको मृत्यु भएको छ ।

मुलुकभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ । बितेको २४ घण्टामा ५ लाख ५४ हजार जनाले खोप लगाएका छन् ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ३१४३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जना संक्रमित थपिएका छन् ।
१८ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ भने १७ जिल्लामा सक्रिय संक्रमण २०० भन्दा माथि छ ।

१३ माघ २०७८, बिहीबार १७:०५  मा प्रकाशित

Write your Comment