जीतपुरसिमरा – २ मा माओबादी केन्द्रको घरदैलो

२२ बैशाख २०७९, बिहीबार २१:२७ प्रकाशित

स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै  नेकपा माओवादी केन्द्र जीतपुरसिमरा – २ ले चुनावी अभियानको क्रममा घरदैलोलाई तिब्रता दिएको छ। मतदातालाई आफ्नो पक्षमा ल्याउन माओवादी केन्द्रले घरदैलो अभियानलाई तिब्रता दिएको हो ।  आफ्नो कार्यकालमा बिकास निर्माणका  कार्यहरु भएकाले जनताले फेरी एक कार्यकालका लागि आफुहरुलाई नै विश्वाश गर्ने वडा अध्यक्ष पदका प्रत्याशी तिलक बहादुर श्रेष्ठको भनाई छ। आफ्नो पक्षमा मत ल्याउन माओवादी केन्द्रले मतदाता शिक्षालाई पनि  अघि बढाईरहेको छ ।

कुल ५१५१ मतदाता रहेको वडा नं २ मा माओवादी सहित एमाले ,काङ्ग्रेस,माओवादी,लोसपा, र राप्रपाले उमेदवारी दिएका छन् ।

२२ बैशाख २०७९, बिहीबार २१:२७  मा प्रकाशित

Write your Comment