बारा २२ बैशाख :
जीतपुरसिमरा १ मा आफु नेतृत्वको नेकपा एमालेको बिजयी हुने हिरा बस्नेतले बताउनु भयो। बिहिबार दिउसो कामनाखबरसंग आसन्न निर्वाचनको सन्दर्भमा संक्षिप्त कुराकानीका क्रममा बस्नेतले आफुहरुको जीत लगभग सुनिश्चित रहेको बताउनु भएको थियो।
अघिल्लो पटकको निर्वाचन हारे पनि जनताको बीचमै रहेर निरन्तर सहयोग गरेकोले जनताले मुल्यांकन गर्ने उँहाको बुझाइ छ। अघिल्लो पटकको निर्वाचन भन्दा कस्तो परिबेश पाउनु भएको छ भन्ने हाम्रो प्रश्नमा उँहाले भन्नुभयो , ” अघिल्लो निर्वाचनमा भन्दा वडामा पार्टी बलियो भएको छ , हामीले चुनावी एजेन्डाका आधारमा जनता संग मत मागी रहेका छौ , उँहाहरुबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेका छौ बृद्ध बा , आमा को आशिर्बाद , युवा हरु को जोश र नेकपा एमाले प्रतिको जन लहरले हामी बिजया उन्मुख छौ।”
साथै भूमिहीनलाई लालपुर्जा वितरण , गुणस्तरीय शिक्षा , स्वास्थ्य , खानेपानी , फोहोर व्यवस्थापन , सुबिधा सम्पन्न पार्किङ्ग स्थल , वडा कार्यालय भवन निर्माण आफुहरुको मुख्य प्राथमिकतामा रहेको बस्नेतको भनाई छ। https://fb.watch/cPIF5Aso24/