सुदुरपश्चिमका मुख्यमन्त्री भट्टसङ्ग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण

२३ बैशाख २०७९, शुक्रबार १३:५७ प्रकाशित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्वाचन आयोगले लिखित जवाफ पेश गर्न भनेको छ । कैलालीको कैलारी गाउँपालिका
७ विपतपुरका अग्निपीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपियाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भनी मुख्यमन्त्री भट्टले अभिव्यक्ति दिनुभएको थियो । सो जानकारी आयोगमा प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाअनुसार उहाँलाई आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न अनुरोध गरेको हो । निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको बैशाख २२ को स्थानीय तह निर्वाचन इ बुलेटिनबाट

२३ बैशाख २०७९, शुक्रबार १३:५७  मा प्रकाशित

Write your Comment