जीतपुरसिमरा – २ मा एमालेको घरदैलो र कोणसभा

२४ बैशाख २०७९, शनिबार १३:१९ प्रकाशित

२४ बैशाख , सिमरा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेले कोण सभा गरेको छ। महिला सहकारीको भवनबाट सुरु भएको घर दैलो मुख्य सिमरा बजारमा कोण सभा गरि सम्पन्न भएको थियो।कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य ज्वाला साहले नेकपा एमाले आम श्रम जीवि वर्ग, किसानहरुको पार्टी भएको बताउनु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको अघिल्लो कार्यकालको समिक्षा गर्दै उहाले भन्नुभयो ,” नेकपा एमालेको स्पष्ट बहुमतको अभावमा जीतपुरसिमरा उपमहानगरमा अघिल्लो कार्यकाल जन अपेक्षाको सबै काम पुरा गर्न नसकेको यथार्थ हो , तर पनि समृद्द जीतपुरसिमराको आधारशिला तय गर्न नेकपा एमालेका साथीहरुले महत्वपुर्ण योगदान गर्नु भएको छ, यस पटक कार्यपालिकामा बहुमत सहित नेकपा एमालेको नेतृत्वमा जीतपुरसिमराले बिकासको लहर ल्याउने छ। ” गठबन्धनले चितवनमा गरेको चुनावी सभाको क्रममा प्रचण्डलले दिएका अभिव्यक्तिको उँहाले खण्डन गर्नु भएको छ। एकजना नेताको छोरी जिताउन पाँच – पाँच वटा दल लागि परेका छन् , त्यो पनि जनतालाई थर्काएर भोट मागी रहेका छन्, तर जनताले देशै भर बिबेकको प्रयोग गरेर चुनावी एजेन्डा र तथ्यांकको आधारमा मत दिने हुनाले नेकपा एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने उँहाको अभिव्यक्ति थियो। बृद्ध बा , आमाको आशिर्बाद , युवाहरुको उत्साह र एमालेप्रतिको जनलहरले नेकपा एमाले बिजय उन्मुख रहेको भन्दै उँहाले निर्वाचित भए पछि जनताको सेवक भएर काम गर्न पार्टीका उमेदवारलाई निर्देशन दिनु भयो।

कोणसभा मा प्रदेश कमिटि सदस्य देव नारायण चौधरी , जिल्ला कमिटि सचिवालय सदस्य मनोज पौडेल लगायत नेताको उपस्थिति थियो। एमाले जीतपुरसिमरा २ का अध्यक्ष रबिन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न कोणसभाको संचालन वडा कमिटि सचिव बिशाल घिमिरेले गर्नु भएको थियो।

यस अघि  महिला सहकारीको भवनबाट सुरु भएको  घरदैलोमा करिब ४०० भन्दा बढी वडाबासी , पार्टी पंक्ति तथा शुभ चिन्तक सहभागि भएको र एक चरणको घर दैलो सम्पन्न गरेको वडा अध्यक्ष पदका प्रत्याशी धन बहादुर श्रेष्ठले बताउनु भयो। मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएकाले आफु नेतृत्वको टोलिको विजय हुने पनि उहाले थप्नु भयो।

२४ बैशाख २०७९, शनिबार १३:१९  मा प्रकाशित

Write your Comment