गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकजनाको मृत्यु अर्को एक घाइते

२३ असार २०७९, बिहीबार ०८:४० प्रकाशित

पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ भने मोटरसाइकल चालक घाइते भएका छ्न ।
बागमती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा आज गुडिरहेको मोटरसाइकलमा आज चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती–१ करौँजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बागमती पालिकाको केन्द्र झुरझुरेबाट डिजेल लिएर करौँजेतर्फ जाँदै गरेको पाँचपाण्डव पुल नजिकै चट्याङ लाग्दा बा ६० प ९४९१ नं को मोटरसाइकलको पछाडि बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय फाँपरबारीका प्रहरी निरीक्षक कमल लङ्देलीले जानकारी दिनुभयो ।
उनका अनुसार मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन्।

२३ असार २०७९, बिहीबार ०८:४०  मा प्रकाशित

Write your Comment