सिमरामा विभिन्न पार्टी परित्याग गरि करिब ३ दर्जन नेता कार्यकर्ता एमाले प्रवेश

१६ कार्तिक २०७९, बुधबार १८:०८ प्रकाशित

बारा १६ कार्तिक :

जीतपुरसिमरा २ सिमरा हुलास स्थित पशुपति नगर टोलका विभिन्न पार्टी  परित्याग गरि करिब ३ दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्। बुधबार सिमरामा आयोजित कार्यक्रममा जित बा. मोक्तान र साजन लामाको नेतृत्वमा नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन्। समाजबादी, कांग्रेस, जसपा, लोसपा लगाएतका पार्टी परित्याग गरि उनिहरु एमाले प्रवेश गरेका हुन्। एमाले प्रवेश गर्नेहरुमा जित बा. मोक्तान, साजन लामा, मोहनी आचार्य, प्रमोद लामा, सुरज लामा, दिपेश खड्का, कृष्ण भुजेल, सुर्य लामा, रन्जिता कटुवाल, शिला लामा, नारायण भुजेल, चन्द्र बा. लामा, दिपक गाउले लागाएतका नेता कार्यकर्ता रहेका छन्। नव प्रबेसिहरुलाइ नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य एवम् जीतपुरसिमरा उपमहानगरका पुर्व उप प्रमुख सरस्वती चौधरी , प्रदेश सभा सदस्य पदका उमेदवार देव नारायण चौधरी , मधेश प्रदेशका नि वर्तमान सांसद सुन्दर बि.क, वडा कमिटि अध्यक्ष रबिन्द्र खकुरेल लगाएतले स्वागत गरेका थिए।
हिजो मात्रै समाजबादीका जिल्ला सदस्य एवम् युवा संघका नगर अध्यक्ष सोमलाल बोम्जन एमाले फर्के संगै उनकै सहजीकरणमा अन्य नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका हुन्।

१६ कार्तिक २०७९, बुधबार १८:०८  मा प्रकाशित

Write your Comment