बारा क्षेत्र नम्बर ४ (क); एमालेले सार्वजनिक गर्यो प्रतिबद्दता पत्र

१७ कार्तिक २०७९, बिहीबार १९:४० प्रकाशित

बारा १७ कार्तिक :

नेकपा एमाले बारा क्षेत्र नम्बर ४ (क) का उम्मेदवार देवनारायण चौधरीले आफ्नो प्रतिबद्दता पत्र सार्वजनिक गर्नुभएको छ। आज सिमरा स्थित जिफन्ट भवनमा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य एवम् जीतपुरसिमरा उपमहानगरका पुर्व उप- प्रमुख सरस्वती चौधरी, प्रदेश सभा सदस्यका उमेदवार देव नारायण चौधरी, मधेश प्रदेशका निवर्तमान सांसद सुन्दर बि.क,नेकपा एमाले मधेश प्रदेशका समानुपातिक उमेदवार कमलेश झा,प्रदेश कमिटी सदस्य दिनेस ठकुर, जिल्ला कमिटी सचिवालय सदस्य अमृतलाल श्रेष्ठ, नेकपा एमाले जीतपुरसिमरा २ का अध्यक्ष  रबिन्द्र खकुरेल लगाएत नेताले प्रतिबद्दता पत्र सार्वजनिक गरेका हुन्।
उम्मेदवार चौधरीले सार्बजनिक गरेको प्रतिबद्धतामा जीतपुरमा दुई सय शैयाको अस्पताल, पथलैयामा ट्रमा सेन्टर सेन्टर, सिमरा, ईनर्वासिरा र रमौलीमा आवश्यकताअनुसारको अस्पताल संचालनको कामलाई आफू निर्वाचित भएपछि अघि बढाउने बताएका छन् । अघिल्लो प्रदेशसभा सरकारले डिपिआर गरिसकेको ट्रमा सेन्टर कार्यलाई निरन्तरता दिदै निर्माणको प्रक्रिया अघि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले प्रदेश सभामा गर्विलो उपस्थिति, यातायात र सडक संजाल, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, कृषि तथा पशुपालन, चुरे तथा नदी नियन्त्रण, अव्यस्थित बसोबास र सुकुम्बासी समस्या समाधान, पर्यटन प्रवर्द्धन, महिला तथा बालबालिका, जेष्ठ नागारिक, बिशेष आर्थिक क्षेत्र र औद्योगिक करिडोर, जनजाती बिशेष कार्यक्रम लगाएतका दर्जनौ शिर्षकलाई समेटेर एमालेले  प्रतिबद्दता  पत्र सार्वजनिक गरेको हो।

एमलेले संघमा एकवाल मियाँ र प्रदेशमा देव नारायण चौधरी नै किन भन्ने बिषयलाई बुँदागत रुपमा सारांश  समेत सार्वजनिक  छ।
प्रदेश सभा सदस्य पदको उमेदवार देव नारायण चौधरीले यस क्षेत्रको विकासको जगलाई व्यवस्थित र फराकिलो बनाउनका लागी परिकल्पना, वृहत लक्ष्य, रणनीति र कार्यनीति सहित, प्रदेश सभा सदस्यका लागी संबिधानले दिएको अधिकारको अधिनमा रही गर्न सक्ने काम मात्र समेटेर  प्रतिवद्धता पत्र तयार गरेकाले सो को कार्यन्वयन हुनेमा ढुक्क रहन आम मतदातालाई  अपिल गर्नु भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका  एमाले पोलिटब्युरो सदस्य पौडेलले नेकपा एमालेले भनेको काम गर्ने गरेको स्मरण गराउदै, जारी गरेका प्रतिबद्धतालाई पुरा गर्नका लागी विजय पश्चात  दृढ इच्छाशक्तिका साथ काम गर्नु पर्ने बताउनु भयो । बारा जिल्लाका ८ प्रादेशिक निर्वाचन क्षेत्र मध्य बारा ४ (क) ले सुरुमा प्रतिबद्धता पत्र जारी गरेको स्मरण गराउदै संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नु भयो।
नेकपा एमाले बारा क्षेत्र नम्बर ४(क) का इन्चार्ज दिनेश्वर ठाकुरको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन नेकपा एमाले  जीतपुरसिमरा उपमहानगरका सचिव रत्न उप्रेतीले गरेका थिए।

प्रचार प्रसार समितिको संयोजकको जिम्मा खकुरेललाई
नेकपा एमाले बारा क्षेत्र नम्बर ४(क) को निर्वाचन प्रचार प्रसार समितिको संयोजक  रबिन्द्र खकुरेललाई तोकिएको छ। आज प्रतिबद्द्ता पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रदेश सभाका उमेदवार देव नारायण चौधरीले निर्वाचन प्रचार प्रसारलाई थप ब्यवस्थित बनाउन तथा आफ्ना योजनाहरुलाई आम मतदाता सम्म विभिन्न माध्यमबाट सजिलै पुराउन प्रचार प्रसार समिति गठन गरिएको र बाकी सदस्य समेत छिटै मनोनित गरिने बताउनु भयो । प्रचार प्रसार समितिले डिजिटल माध्यमबाट निर्वाचन प्रचार प्रसारलाई तिब्रता दिने एमालेको बुझाइ छ । यस अघि एमालेले भरत घलेको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि समेत गठन गरि सकेको छ ।

१७ कार्तिक २०७९, बिहीबार १९:४०  मा प्रकाशित

Write your Comment