एमाले नेता पौडेलको आमाको सम्झनामा श्रदान्जली सभा सम्पन्न

२३ कार्तिक २०७९, बुधबार १९:४० प्रकाशित

बारा २३ कार्तिक :

नेकपा एमाले जीतपुरसिमरा उपमहानगर वडा नम्बर २ ले नेकपा एमाले मधेश प्रदेश कमिटि सदस्य एवम् बारा क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेलको माता भागिरथी पौडेलको १३ औ दिनको पुण्य तिथिमा शोकसभा कार्यक्रम गरेको छ।

 

नेता पौडेलको सिमरा स्थित निवासमा सम्पन्न शोकसभा कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य सरस्वती चौधरी, पुर्व मन्त्री एवम् बारा ४ का उमेदवार एकवाल मियाँ, नि वर्तमान प्रदेश सांसद सुन्दर बि.क. सिता गुरुङ लगाएत थुप्रै एमाले नेता कार्यकर्ता उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुरुषोत्तम पौडेलले स्वर्गीय आमाले आफुलाई आफ्ना सन्तान जस्तै माया गर्ने तथा सामाजिक एवम् राजनैतिक अवस्थाको बारेमा बडो चासोका साथ जानाकारी लिने गरेको स्मरण गरे। साथै उँहाले आमाले देखाउनु भएको मार्गमा हिडे उँहाप्रति सच्चा श्रदाञ्जलि हुने बताउनु भयो।

 

निवर्तमान प्रदेश सांसद सुन्दर बि.क ले पार्टीको विभिन्न कामका लागी आउने क्रममा आमाले अत्यन्त माया गर्ने गरेको स्मरण गर्दै एक असल अभिभावक गुमाएको बताउनु भयो।   

कार्यक्रममा बोल्दै स्व. पौडेलका कान्छा छोरा मनोज पौडेलले  स्व. आमाले सधै आफुलाइ सामाजिकाममा लाग्न प्रेरणा दिने गरेको बताउनु भयो । “आज आमाको प्रेरणा न पाएको भए राजनीतिमा लाग्ने अबस्था आउने थिएन”, पौडेलले भन्नू भयो ।

स्व. पौडेलका तीन छोरा बिकास पौडेल ,राजन पौडेल,मनोज पौडेल र २ छोरी रहेका छ्न । नेकपा एमाले जीतपुरसिमरा २ बडा कमिटिको अध्यक्ष रबिन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम वडा कमिटि सचिव बिशाल घिमिरेले संचालन गर्नु भएको थियो।

२३ कार्तिक २०७९, बुधबार १९:४०  मा प्रकाशित

Write your Comment