जीतपुरसिमरा २ : एमालेको सन्ध्याकालीन भेला

२६ कार्तिक २०७९, शनिबार ०६:५४ प्रकाशित

बारा २६ कार्तिक :
नेकपा एमाले जीतपुरसिमरा २ वडा कमिटिको आयोजनामा शुक्रबार सन्ध्याकालीन भेला सम्पन्न भएको छ। एमाले केन्द्रिय सदस्य एवम् बरा जिल्ला सह इन्चार्ज सरस्वती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रतिनिधि सभा सदस्य उमेदवार एकबाल मियाँ, प्रदेश सभा सदस्यका उमेदवार देव नारायण चौधरी, मधेश प्रदेशका निवर्तमान सांसद सुन्दर बि.क, एमाले मधेश प्रदेश कमिटि सदस्य एवम् बारा ४ संयोजक मनोज पौडेल,प्रदेश कमिटी सदस्य दिनेस ठकुर, एमाले बारा ४ (क) प्रचार प्रसार समिति संयोजक रबिन्द्र खकुरेल, एमाले नेता अमृतलाल श्रेष्ठ, रेनु रिमाल, राजाराम चौधरी लगाएतकाको उपस्थिति रहेको थियो।

गठबन्धन नामको ठगबन्धनलाई जनताले परास्त गर्नेछन् : पौडेल
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता मनोज पौडेलले आगामी निर्वाचनमा जनताले गठबन्धन नामको ठगबन्धनलाई परास्त गर्ने बताएका छन्। बारा ४ ले एकवाल मियाँ र देव नारायण चौधरीलाई जिताए मात्र केन्द्र र प्रदेशमा एमाले सरकार बन्ने बताउदै उहाले यस क्षेत्रको समृद्धिका लागी जनताले एमाले लाई नै जनमत सुम्पिने बताउनु भयो।

तनहुमा भ्रम छरेर बारा आए : बि.क
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता सुन्दर बि.क ले किसान श्रेष्ठले तनहुमा बिकास नगरी भ्रम मात्र फिजाएको बताए। जनतालाई मिठा मिठा आश्वासन मात्र बाडेर केही पनि बिकास नगरेको उहाले बताउनु भयो। सत्ता र शक्तिको आडमा अराजकता मच्याएको बताउदै उहाले बारा ४ का सचेत जनता कसैको डर, धाक, धम्कि र प्रलोभनमा नपर्ने समेत बताउनु भयो। साथै उहाले आफु सांसद रहदा जीतपुरसिमरा २ मा ३ करोड लागतको बिकास गरेको बताउनु भयो।

भाङ्ग्रे खोला, ऐलानी जग्गा र छठ घाट प्रमुख एजेन्डा: देव नारायण चौधरी                                                                      कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य उमेदवार देवनारायण चौधरीले जीतपुरसिमरा २ भएर बग्ने भाङ्ग्रे खोलाको उचित व्यवस्थापनका लागि आफुले ठोस कार्यक्रम मार्फत समाधान गर्ने बताएका छन्। सडक, पुल जस्ता काम पुर्व नगर प्रमुख, उप प्रमुख एवम् प्रदेश सांसदले धेरै हद सम्म अघि बढाएको बताउदै उहाले जीतपुरसिमरा २ मा सुकम्बासी समस्या समाधन, शैक्षिक गुणस्तर उकास्ने, छठ घाटहरुको व्यवस्थापन, धार्मिक पर्यटन स्थलको संरक्षण गर्ने जस्ता योजना प्राथिमिकतामा रहेको बताउनु भयो।

जन भावानालाई एकाकार गर्दै क्षेत्रको बिकासमा तल्लिन हुनेछु: मियाँ
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उमेदवार एकबाल मियाँले जनताको भावना र बिचारलाई आत्मा साथ गरेर बिकास र समृद्धिको यात्रामा अघि बढ्ने बताउनु भयो। आफुले यस वर्ष जेठ मा बारा ४ मा ५० करोडको योजना पारेको र टेन्डरको प्रक्रियामा लाग्दै गर्दा केही तत्वहरुले टेन्डर र डिपीआर बिना नै सत्ताको आडमा उक्त योजना शिलान्यास गरेको उहाले बताउनु भयो। यस क्षेत्रको बिकासमा पछिल्लो ५ वर्षमा गरेको काम बताउदै उहाले केही अपुरा काम पुरा गर्न आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्नु भयो।

बिकास र समृद्धिका लागी सुर्य चिन्हमा मतदान गरौँ : केन्द्रिय सदस्य चौधरी                                                                       एमाले केन्द्रिय सदस्य सरस्वती चौधरीले बिकास र समृद्धिको यात्रा नेकपा एमालेबाट मात्र सम्भव भएको बताउदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागी सुर्य चिन्हमा मतदान गर्न आह्वान गर्नु भयो।
एमाले ४ (क) प्रचार प्रसार समिति संयोजक एवम् एमाले जीतपुरसिमरा २ का अध्यक्ष रबिन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न भेलाको सहजीकरण वडा सचिव बिशाल घिमिरेले गर्नु भएको थियो।

२६ कार्तिक २०७९, शनिबार ०६:५४  मा प्रकाशित

Write your Comment