बारा क्षेत्र नम्बर ४ : वाग्लेको पक्षमा बढ्दो जनमत

२८ कार्तिक २०७९, सोमबार ११:५७ प्रकाशित

२८ कार्तिक, सिमरा
बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागी स्वतन्त्र उमेदवारी दिएका इच्छा बहादुर वाग्लेको पक्षमा जनमत बढ्दो छ।
गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा र दुवै प्रदेश सभामा उमेदवार नपाए पछी बारा ४ मा कांग्रेस जोगाउन भन्दै काँग्रेसका अगुवा नेता वाग्लेले स्वतन्त्र उमेदवारी दर्ता गराएका थिए।

पछिल्लो समय चुनाव प्रचार प्रसारलाई आक्रामक बनाएका वाग्लेले आफ्न्नो एजेन्डा जनता सामु लागि रहेका छन्। उनको घर दैलोमा स्वस्फुर्त रुपमा सयौँ सहभागी भै  रहेका छन्।

वाग्लेलाई पछिल्लो समय कांग्रेसका नेता कार्यकर्ताले खुलेरै समर्थन गरी रहेका छन् भने केही नेता कार्यकर्ता वाग्लेको पक्षमा मौन समर्थन जनाईरहेका छन्। यति बेला लामो समय कांग्रेसको राजनीति गरेका हरि थपलिया, जीतपुरसिमरा नगर कमिटिका पुर्व सचिव सुशील ढोडारी लगाएतले खुलेरै समर्थन जनाई सकेका छन्। केहि समय पहिला स्वतन्त्र भएकै कारण कमजोर ठानिएका वाग्ले अहिले कांग्रेस समेतको समर्थनमा बलियो प्रतिस्प्रधीको रुपमा अघि सरेका छन्।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत गठबन्धनका (माओबादी केन्द्र बाट )नगर प्रमुख पदका उमेदवार बिजयी भै रहदा नगर उप प्रमुख काङ्ग्रेसले गुमाउनु परेको थियो। सोही कारण पनि कांग्रेसले सजिलै गठबन्धनलाई बिश्वाश गरि रहेको देखिदैन।  बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामका आधारमा कमजोर स्थानमा रहेको एकीकृत समाजबादीले प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट टिकट पाएको छ भने प्रदेश सभा क मा माओबादी केन्द्र र ख मा लोसपाले टिकट पाएको छ ।

स्वतन्त्र उमेदवारी दिएका वाग्लेलाई देशै भर स्वतन्त्र अभियान चलाई रहेका प्रभु साहले समेत समर्थन गरेका छन्।   वाग्लेको उमेदवारी र बढ्दो जनमत संगै बारा ४ मा प्रतिनिधि सभाका लागी त्रिपक्षीय भिडन्त हुने भएको छ।
पर्यटन र आर्थिक बिकासलाई पहिलो एजेन्डाको रुपमा अघि सारेका वाग्लेले शिक्षा, स्वास्थ्य, भौतिक बिकास, उद्योग लागाएतका क्षेत्रको बिकासलाई प्राथमिकतामा राखेका छन्।

हेर्नुस तस्बिर:

     

 

२८ कार्तिक २०७९, सोमबार ११:५७  मा प्रकाशित

Write your Comment