२९ कार्तिक, जीतपुर
जीतपुरसिमरा ७ जीतपुरमा नेकपा एमालेको बृहत् घरदैलो सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य एवम् बारा जिल्ला सह इन्चार्ज सरस्वती चौधरी, प्रतिनिधि सभा सदस्य पदका उमेदवार एकबाल मिया , प्रदेश सभा सदस्य पदका उमेदवार देव नारायण चौधरी, मधेश प्रदेशका नि वर्तमान सांसद सुन्दर बि.क, सिता गुरुङ, एमाले मधेश प्रदेश कमिटि सदस्य एवम बारा ४ का संयोजक मनोज पौडेल, मधेश प्रदेश कमिटि सदस्य दिनेश्वर ठाकुर, एमाले प्रचार प्रसार समिति संयोजक रबिन्द्र खकुरेल, एमाले नेताहरु अमृतलाल श्रेष्ठ, राजाराम चौधरी, अनिल गुप्ता सहित सयौं नेता कर्याकर्ताको उपस्थितिमा घर दैलो सम्पन्न भएको हो ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न नेकपा एमाले नेतृत्वको सरकार नै आवश्यक हुनाले नेकपा एमालेलाई नै मतदान गर्ने स्थानीयको भनाइ छ।
कामनाखबरसङ संक्षिप्त्त प्रतिक्रिया दिदै एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले यो उत्साह जनक सहभागिताले एमालेको जीत सुनिश्चित रहेको बताएका छन्।
यस अघि बिहान जीतपुरसिमरा ४ स्थित देवाश्रम टोलमा भएको भेलालाई सम्बोधन गर्दै उमेदवार चौधरीले ऐलानी जग्गाको समस्या समाधान र पूर्वाधार बिकास गर्दै देवाश्रमलाई युथ पार्कको रुपमा अघि बढाउने प्रतिबद्दता गरेका छन्।